काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले बढेर २८६६ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार २२१ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३४४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवमकाे ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै नेसनल हाइड्रोको ५७ करोड, रिलाइन्स स्पििनिङ मिल्सको ४९ करोड, सोलु हाइड्रोको ४१ करोड र रिडि पावरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको कम्पनीमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिडिज लाइन, सुयैकुन्ड हाइड्रो, होटल फोरेन्ट, सिन्धु विकास बैंक र पाल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज सबै उपसमूहका सूचकमा हरियाली छाएको छ ।