काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकमा चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकमा चयन गरेको हो ।
यस्तै, बैठकले पार्टीको सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।