काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई नियुक्त गरेको छ ।
रास्वपाले आजै कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकमा र प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा नियुक्त गरेको थियो ।
रास्वपाले संसदीय दलको कामकारबाहीलाई व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले यी नियुक्तिहरू गरिएको जनाएको छ ।