संसदीय दलको नेता चयन गर्न कांग्रेस सक्रिय, आज सांसदहरूसँग निर्णायक छलफल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले प्रतिनिधि सभाका सांसदहरूसँग शुक्रवार (आज) छलफल गर्ने भएको छ ।

समितिका संयोजक प्रकाश स्नेहीका अनुसार आज अपरान्ह ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पार्टीका सबै सांसदहरूसँग छलफल तय गरिएको छ ।

संसदीय दलको नेता चयन प्रक्रियालाई अघि बढाउने उद्देश्यले उक्त बैठक आयोजना गरिएको सहमहामन्त्री समेत रहेका स्नेहीले जानकारी दिए । 

कांग्रेसले दलको नेता निर्वाचन गर्न नसक्दा संवैधानिक परिषदसमेत अपूर्ण रहेको छ ।

Share News