बुटवलकै सबैभन्दा ठूलो 'न्यू इयर्स इभ सेलिब्रेशन' सम्पन्न

काठमाडौं । हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशन’ आयोजना गरेको छ । चैत ३० गते (अप्रिल १३) खुला आकाशमुनि होटलको स्विमिङ पुल परिसरमा आयोजित कार्यक्रमले बुटवललाई सांगीतिक तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा नयाँ उचाइमा पुर्याएको दाबी गरिएको छ ।

‘एक रात, एक मञ्च, दुई आइकन’ (वन नाइट, वन स्टेज, टु आइकन) नारासहित आयोजित कार्यक्रममा २५० भन्दा बढी पाहुनाहरूको उत्साहजनक सहभागिता रहेको थियो । खुला आकाशमुनिको आकर्षक पुलसाइड सेटअप र रङ्गीचङ्गी बत्तीहरूको सजावटले २०८२ लाई बिदाइ गर्दै २०८३ को स्वागतका लागि विशेष माहोल सिर्जना गरेको थियो ।

कार्यक्रमको सुरुवात ऊर्जावान नृत्य प्रस्तुतिबाट भएको थियो । त्यसपछि प्रख्यात इन्स्ट्रुमेन्टल ब्यान्ड ‘कुटुम्ब’ले आफ्ना मौलिक धुनमार्फत दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । माहोल अझै तात्दै जाँदा पप गायक नवीन के भट्टराईले स्टेज सम्हाल्दै आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे, जसमा सहभागीहरू नाचेका र रमाएका थिए ।

सांगीतिक प्रस्तुतिसँगै पाहुनाहरूले अनलिमिटेड लाइभ फुड काउन्टर, विविध परिकार तथा प्रिमियम पेय पदार्थको पनि भरपुर आनन्द लिएका थिए ।

कार्यक्रमको सफलताबारे हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले २५० भन्दा बढी पाहुनाको सहभागिताले आफूहरू उत्साहित भएको बताए । उनले कुटुम्ब र नवीन के भट्टराईजस्ता कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको उल्लेख गरे ।

कार्यक्रमको मुख्य आकर्षण मध्यरातको ‘काउन्टडाउन’ थियो । घडीले १२ बज्नासाथ हुटिङ र तालीसहित नयाँ वर्ष २०८३ को स्वागत गरिएको थियो ।

हायात प्लेस बुटवलले पश्चिम नेपालको हस्पिटालिटी र लाइफस्टाइल क्षेत्रमा नयाँ आयाम थप्दै आएको छ । यसपटकको न्यू इयर्स इभ कार्यक्रमको सफलताले विश्वस्तरीय अनुभव प्रदान गर्ने होटलको प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाइएको छ ।  

Share News