कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ८ मा चुनाव

सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न वैशाख ८ गते (मंगलबार) निर्वाचन गर्ने निर्णय गरेको छ । 

कार्यालयले उपत्यका बाहिर रहेका सांसदहरूलाई वैशाख ७ गतेभित्र अनिवार्य रूपमा काठमाडौं आइपुग्न मोबाइल सन्देशमार्फत जानकारी गराएको एक सांसदले जानकारी दिए । 

काठमाडौं उपत्यकाभित्र रहेका सांसदहरूलाई निर्वाचनसम्म बाहिर नजान पनि अनुरोध गरिएको छ ।

सांसद प्रकाशसिंह बस्नेतका अनुसार हाम्रो मागअनुसार ८ गते बिहान दलको नेता चयनको निर्वाचन हुने कार्यक्रम रहेको छ ।

Share News