घण्टीको नयाँ अभियान : सांसदविहीन क्षेत्रमा समानुपातिकको ‘कमान्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन् ।

यसअघि विभागको प्रमुखको जिम्मेवारीमा डीपी अर्याल रहेका थिए । उनी सभामुखमा निर्वाचित भएपछि यो पद खाली रहेको थियो ।

त्यसैगरी, रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

Share News