रास्वपाको प्रवास विभाग प्रमुख बने दीपक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभाग प्रमुखमा दीपक बोहरा नियुक्त भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । 

यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए । अर्याल सभामुख बनेपछि बोहरालाई सो जिम्मेवारी दिइएको हो । 
 

Share News