काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा २८.५३ प्रतिशत घटेर ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७६ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत घटेर १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६६.३५ प्रतिशत बढेर २ करोड २२ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत घटेर १ अर्ब १० करोड ३५ लाख २ हजार रुपैयाँ र सञ्चालन नाफा २८.४२ प्रतिशत घटेर ९२ करोड २ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ३३ लाख ६५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ४९ करोड ५२ लाख ४८ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ थियो ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ७ अर्ब ७८ करोड ५४ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप ०.२३ प्रतिशत र कर्जा लगानी १६.५१ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७३.५५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा शून्यमा झारेको छ । जबकि गत वर्षको चैतमा ०.२१ प्रतिशत खराब कर्जा थियो । बैंकका अनुसार आधार दर ६.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.०५ प्रतिशत थियो ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेर ३.९७ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६७.४४ गुणा छ ।