काठमाडौं । प्रहरीले ललितपुरको लगनखेलमा रहेको गतिशील सहकारीका पूर्वअध्यक्ष बलराम पाठकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई इमाडोलबाट पक्राउ गरिएको
यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।
सहकारीका बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै लामो समयदेखि आन्दोलन र विरोध पनि गर्दै आएका थिए । विकासन्युज डटकमले यस सहकारीसँग सम्बन्धित धेरै समाचार सम्प्रेषण गरेको थियो । सहकारी डुबाउन उनले मुख्य भूमिका खेलेको भन्दै बचकर्ताहरु विरोध गर्दै आएका छन् ।
सहकारीको रकम अपचलनको आरोप लागेपछि सरकारले पाठकलाई कृषि विकास बैंकको अध्यक्षबाट पनि हटाएको थियो ।
प्रहरीले सो सहकारीका अन्य सञ्चालकलाई पनि खोजिरहेको बताएको छ । उनीहरू अहिले फरार छन् । यस सहकारीका अध्यक्ष विकास थापा हुन् ।
सम्बन्धित समाचार :