काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुने भएका छन् ।
कांग्रेसनिकट उच्च स्रोतका अनुसार सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा आङ्देम्बेलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको हो ।
सिंहदरबारमा बस्न लागेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गर्नेछ ।
पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।