कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रस्ताव गरेको थियो । 

सोही प्रस्ताव आज बस्ने संसदीय दलको बैठकमा पेश गरी अनुमोदन गर्ने सोलुखुम्वुका सांसद प्रकाशसिंह बस्नेतले जानकारी दिए ।

बैठकमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ ।
 
हाल प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन् ।

Share News