त्रिवि क्रिकेट मैदानबारे भ्रम नछरौं, लिज सम्झौता फेरि सुरु हुन्छ : प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने बताएका छन् । 

मन्त्रिपरिषद्को बैठकपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको उनको भनाइ छ ।

उनले भने, ‘त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली गराउने कुनै उद्देश्य छैन ।’

उनले लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढंगले सुरु गर्न सकारात्मक कुराकानी भएको पनि जानकारी दिए ।

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

Share News