काठमाडौं । व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।
गोल्छालाई सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो ।
गोल्छाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीमाथि बीमा ऐन, २०७९ अनुसार अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले विकासन्युजलाई जानकारी दिए ।
‘सर्वोच्चको आदेशअनुसार धितोपत्र ऐन अनुसार उहाँसँग धरौटी लियौं,’ उनले भने ।
प्रहरीले गोल्छाविरुद्ध बीमा ऐन अनुसार कसुर भएको भन्दै पक्राउ अनुमति लिएको थियो ।
सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको थियो ।
शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोप लागेका बिचौलिया दीपक भट्टसँग ‘नेक्सस’ देखिएको आरोपमा गोल्छालाई पक्राउ गरिएको हो ।
व्यवसायी गोल्छालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश