काठमाडौं । काठमाडौं र ललितपुरलगायत विभिन्न स्थानका स्पा सञ्चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मुद्दा चलाएको छ ।
काठमाडौंका १९ र ललितपुरका १८ जना स्पा सञ्चालकविरुद्ध अभद्र व्यवहार र सार्वजनिक स्थानको शान्तिमाथि खलल पुर्याएको कसुरमा मुद्दा चलाइएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार कार्यालयले केही दिनअघि मात्र काठमाडौं र ललितपुरका ५७ वटा स्पामा छापामा मारेको थियो ।
स्पामा अनैतिक गतिविधि र कम उमेर समूहका व्यक्तिलाई काम लगाएको भनेर गुनासो आएपछि कार्यालयले छापा मारेको हो ।
नियन्त्रणमा लिएका केहीलाई छाडिएको उनले बताए । परिवारको जिम्मा लगाएर र सम्झाइ बुझाइ गरेर केहीलाई छाडिएको खड्काको भनाइ छ ।
‘प्रहरीले नियन्त्रणमा लिएका केही महिलाहरू गर्भवती समेत भएका थिए,’ उनले भने, ‘सक्कल कागजात तथा दर्ता नभएका प्रमाणपत्र फेला परेको थियो । केही स्पामा परिवार नियोजनका साधनसमेत फेला परेको थियो ।’
आइतबार काठमाडौं स्वच्छ अभियानअन्तर्गत प्रहरीले विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं र ललितपुरको मसाज र स्पा सेन्टरमा छापा मारेका थिए ।
स्पामा विदेशीलाई ठगी गर्ने र कम उमेर समूहका काममा लगाएको गुनासो आएपछि कार्यालयले सक्रियता बढाएको थियो ।