रिहा भए शेखर गोल्छा

काठमाडौं । शेखर गोल्छा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासबाट रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा नराख्न आदेश नदिएपछि उनी रिहा भएका हुन् । 

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले गोल्छा केही समयअघि मात्र रिहा भएको जानकारी दिए । श्रेष्ठका अनुसार उनलाई हिरासतमुक्त गरेर अनुसन्धान अघि बढाइनेछ ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो ।

गोल्छालाई सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो ।

Share News