काठमाडौं । सरकारले हालै जारी गरेको नयाँ अध्यादेशसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट २० पदाधिकारी पदमुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ पारित भएसँगै २० पदाधिकारीहरू पदमुक्त भएका हुन् ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्रा.डा. पदमबहादुर शाही, उपाध्यक्ष डा. विकास अधिकारीसहित १३ पदाधिकारी पदमुक्त भएका छन् ।
सडक बोर्ड नेपालका ४ सदस्य पदमुक्त भएका छन् ।
नेपाल रेल्वे बोर्डका रेल्वे प्रशासक बलराम मिश्रसहित ३ जना पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।
