काठमाडौं । दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका भट्ट र अग्रवाललाई १२ दिनको म्याद थप गर्न अनुमति दिएको हो ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो ।