काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत्र) सम्ममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा ९९.८३ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासो वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क ४.६९ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ९२ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले बढेको छ ।
त्यसैगरी चैत्रसम्ममा कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ८५ करोड १८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ रिटेन्ड अर्निङमा ५९ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड १७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ०.०२ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८२.७२ रुपैयाँ रहेको छ ।