बहुविवाह गरेर फरार रहेका श्रेष्ठ पक्राउ

काठमाडौं । बहुविवाह गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार ललितपुर प्रहरीले बहुविवाह मुद्दा गरेर रहेका ३५ वर्षीय सुदीप कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

अदालतले श्रेष्ठलाई २ वर्ष ६ महिना कैद र पच्चिस हजार रुपैयाँ तोकेको थियो । धनुषा गणेशमान चारनाथ नगरपालिका ५ का ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ७ चाँगाथली बस्ने श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेर फैसला कार्यन्वयनको लागि अदालतमा पेश गरिसकिएको छ ।   

Share News