काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घ्यूको सुविधा अब खोसिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले उक्त सुविधा तत्काल रोक्न निर्देशन दिएकी हुन् ।
डीडीसीका कर्मचारीहरूले दैनिक दूध र मासिक रूपमा घ्यू सित्तैमा घर लैजाँदै आएका थिए ।
मन्त्री चौधरीले निर्देशन दिएसँगै अब संस्थानको वार्षिक ७८ लाख रुपैयाँ जोगिने भएको छ ।
‘संस्थान कर्मचारी पाल्नका लागि मात्र होइन, किसान र उपभोक्ताको सेवाका लागि हो,’ मन्त्री चौधरीले भनिन् ।
कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो ७८ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ ।