आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् ।

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालय स्रोतले जानकारी दियो ।

सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको थियो । 

यही सेरोफेरोमा भट्टले राजीनामा दिएको स्रोतले जानकारी दियो ।

Share News