नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक टेकबहादुर बोहरा पदमुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक टेक बहादुर बोहरालाई सञ्चालक समिति सदस्यबाट हटाइएको छ । 

नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट वैशाख २८ गते प्राप्त निर्देशनअनुसार बोहरालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३) को खण्ड (ग) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ङ) बमोजिम पदमुक्त गरिएको कम्पनी सचिव राजेश श्रेष्ठले बताए । 

राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्ने क्रममा लघुवित्त संस्थाको वैशाख ३० गते बसेको सञ्चालक समितिको ३९१औँ बैठकले बोहरालाई सञ्चालक पदबाट हटाउने निर्णय गरेको श्रेष्ठको भनाय छ । संस्थाले अबदेखि बोहरा सञ्चालक पदमा नरहेको जानकारी गराएको हो ।

Share News