४३२ सहकारीबाट ६७ करोड बढी ऋण उठाउनुपर्ने

काठमाडौं । ४ सय ३२ सहकारीबाट ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ ऋण संकलन गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले उपलब्ध गराएको विवरणअनुसार कोषले २०८२ असार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जा सापटी दिएको थियो ।

कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार साँवा तथा सोको ब्याज ८ करोड ९८ लाख ६४ हजार र हर्जाना २३ लाख ८२ हजारसमेत तिर्नुपर्ने देखिएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र ऋणीहरूबीच ऋण सम्झौता गर्दा अवधि ५ वर्ष तथा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार किस्ता नबुझाएमा बुझाउनुपर्ने रकमको थप २ प्रतिशत ब्याज लाग्ने व्यवस्था उल्लेख छ ।

Share News