सेनाले रेन्जर बोलको गीतमा कमेन्ट बन्द गर्यो

काठमाडौ । नेपाली सेनाले केही दिनअघि मात्र रेन्जर बोलको र्याप गीत सार्वजनिक गरेपछि फेसबुक पेजमा कमेन्ट सुविधा बन्द गरेको छ ।

सेनाले उक्त गीत नेपाली आर्मी नामको सामाजिक सञ्जाल फेसबुक पेजमा १४ घण्टा अगाडि सार्वजनिक गरेको भए पनि कमेन्ट सेक्सन बन्द गरिएको छ ।

यो समाचार लेखिरहँदा नेपाली सेनाको आधिकारिक फेसबुक पेजको उक्त भिडियोमा ७.८ के लाइक र १.७ के सेयर देखाउँछ । तर कमेन्ट गर्न नमिल्ने बनाइएको छ ।

नेपाली सेनाले फेसबुकमा हालेको उक्त गीतमा कमेन्ट सेक्सन बन्द गरिएको छ  । आलोचना हुने त्रासले सेनाले फेसबुकमा कमेन्ट सेक्सन बन्द गरिएको छ ।

युट्युबमा २ लाख २५ हजार ५८५ भ्युज र २२ हजार लाइक रहेको छ । १.२ के कमेन्ट रहेको छ ।

सेनामा ‘रेन्जर’ भन्नाले विशेष तालिम प्राप्त लडाकु जनशक्तिलाई जनाइन्छ।

गीतका शब्द प्रताप मगरले लेखेका हुन्। यसका मुख्य निर्देशक वासुदेव धिमाल रहेका छन् भने सिद्धार्थ मोक्तानले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

वैशाख ३१ गते युट्युबमा उक्त गीत सार्वजनिक गरेको थियो ।

Share News