काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । सोमबार उनी वीरगन्जबाट पक्राउ परेका हुन् । गलत अफवाह फैल्याएकाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख नरेशराज सुवेदीले विकासन्युलाई बताए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं आफ्नो अभियानअन्तर्गत तय गरिएको कार्यक्रमका लागि वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो ।
यसअघि पनि प्रसाईंले पर्सामा पटक/पटक कार्यक्रम गर्न खोजे पनि स्थानीय प्रशासन र प्रहरीको हस्तक्षेपका कारण कार्यक्रम प्रभावित हुँदै आएको बताइएको छ ।