काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।
उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको थियो ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ ।
यसैगरी राष्ट्रिय सभा को बैठक पनि आज अपरान्ह १:१५ बजे बस्ने भएको छ ।