त्रिभुवन विमानस्थलबाट ३७ थान पासपोर्टसहित श्रेष्ठ पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान पासपोर्टसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अजित श्रेष्ठ रहेका छन् ।

मंगलबार दिल्ली जान लागेको अवस्थामा विमानस्थलमा चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् । 

उनले शंकास्पद गतिविधि गरेकाले चेकजाँच गर्दा उनको साथबाट पासपोर्ट फेला परेको विमानस्थल प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागबाट कुनै स्वीकृति नलिएर श्रेष्ठले पासपोर्ट बोकेको प्रहरीले जनाएको छ ।

Share News