काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।
मंगलबार (आज) बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग न्यायपालिका, संवैधानिक व्यवस्था, न्यायिक निष्पक्षता तथा समसामयिक न्यायिक विषयमा प्रश्न सोधेका थिए ।
शर्माले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यसपछि समितिले पूरक प्रश्नका लागि समेत समय दिएको थियो ।
पूरक प्रश्न नभएपछि समिति सभापति बोधनारायण श्रेष्ठले सुनुवाइ प्रक्रिया सम्पन्न भएको जानकारी गराएका हुन् ।
सुनुवाइपछि समितिले शर्माको अनुमोदनबारे निर्णय गर्नेछ । अनुमोदन भएमा उनी नेपालको ३३औं प्रधानन्यायाधीश बन्नेछन् ।