प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार (आज) बसेको संसदीय सुनवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।  

समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

यससँगै अब उनी नेपालको ३३औं प्रधानन्यायाधीश बन्नेछन् ।

समितिको बैठकमा समिति सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग न्यायपालिका, संवैधानिक व्यवस्था, न्यायिक निष्पक्षता तथा समसामयिक न्यायिक विषयमा प्रश्न सोधेका थिए ।

Share News