काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्युरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् । उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्युरो गठन गरिएको थियो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै साे जानकारी दिएका हुन् । उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको दुलालले जानकारी दिए ।
निर्वाचित ब्युरोमा मनोनीत भएका सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बास्तोला (काठमाडौँ), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौँ), दीपक महतो (सर्लाही) र हरि पोखरेल (झापा) रहेका छन् ।
त्यस्तै, सुदर्शन आचार्य (सिन्धुपाल्चोक), रोहित पौडेल (काठमाडौँ), डा. भुमीराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेज बिनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौँ) र मिलनराज बर्तौला (काठमाडौँ)लाई पनि सदस्यमा मनोनीत गरिएको छ ।
को-को भए मनोनीत ?
१. जीवन परियार — कास्की
२. अब्दुल सत्तार — गोरखा
३. नानु बास्तोला — काठमाडौं
४. सन्दीप राना — पाल्पा
५. वंशलाल तामाङ — सिन्धुपाल्चोक
६. प्रकाश तिवारी — स्याङ्जा
७. महेश ढुंगेल — काठमाडौं
८. दीपक महतो — सर्लाही
९. हरि पोखरेल — झापा
१०. सुदर्शन आचार्य — सिन्धुपाल्चोक
११. रोहित पौडेल — काठमाडौं
१२. डा. भुमीराज चापागाईं — नवलपुर
१३. सिद्धार्थ थापा — धनकुटा
१४. नवराज त्रिपाठी — बारा
१५. तेज बिनोद पौडेल — स्याङ्जा/हाल : अमेरिका
१६. जगनाथ लामिछाने — काठमाडौं
१७. मिलनराज बर्तौला — काठमाडौं