तालिम गर्दागर्दै बेहोस भएका सशस्त्र प्रहरीलाई काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिम गर्ने क्रममा ८ जना सशस्त्र प्रहरी बेहोस भएका छन् । शुक्रबार कैलालीको टीकापुरस्थित तालिम गर्दा उनीहरू बेहोस भएका हुन् ।

बेहोस भएका ६ जना जवानलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।  २ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बेहोस भएका ६ जनालाई थप उपचारका लागि आज दिउँसो पौने २ बजे नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको डीएसपी थापाले बताए ।

नियमित तालिमको अभ्यास गर्ने क्रममा गर्मीका कारण बेहोस भएको हुनसक्ने उनको भनाइ छ । 

Share News