'द हिडन ट्रेजर मिस नेपाल २०२६' को मुख्य प्रायोजकमा कजारिया

काठमाडौं । कजारियाले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो सहभागिता घोषणा गरेको छ । यस सम्बन्धी औपचारिक पत्रकार सम्मेलन जेठ ७ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना गरिएको थियो ।

कम्पनीले सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने यस मञ्चसँग आबद्ध हुन पाउँदा गर्व व्यक्त गरेको छ । कजारियाका अनुसार यो सहकार्य केवल प्रायोजनमा सीमित नभई नेपालीहरूको आकांक्षा र सपनासँग जोडिने प्रतिबद्धता पनि हो ।

मिस नेपाल मञ्चले नयाँ पुस्तालाई प्रेरित गर्दै आत्मविश्वासले भरिपूर्ण व्यक्तित्व विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यसै सन्दर्भमा कजारियाले टायल तथा डिजाइन सोलुसन्सभन्दा बाहिर गएर आफ्नो ब्रान्ड उपस्थितिलाई अझ मजबुत बनाउने उद्देश्य राखेको जनाएको छ ।

कजारियाले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टताको प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । साथै, रचनात्मकता र रूपान्तरणलाई प्राथमिकता दिने यस्ता मञ्चहरूसँग सहकार्य गर्दै आफ्नो दृष्टिकोणलाई थप सबल बनाउने बताइएको छ ।

कम्पनीका प्रवक्ताले मिस नेपाल २०२६ सँगको सहकार्यले देशभरका उपभोक्तासँग भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार यसले ब्रान्डको आकर्षण र विश्वसनीयतालाई थप मजबुत बनाउनेछ ।

यस मुख्य प्रायोजनमार्फत कजारियाले उत्पादनभन्दा माथि उठेर अर्थपूर्ण ब्रान्ड अनुभव सिर्जना गर्ने आफ्नो यात्रालाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले आफूलाई नेपालमा आधुनिक जीवनशैली, आत्मविश्वास र आकांक्षाको प्रतीक ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।   

Share News