नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन पुनः नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा वीर कृष्ण महर्जन दोहोरिएका छन् । जेठ ८ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले महर्जनलाई ४ वर्षका लागि सीईओमा दोहोर्याउने निर्णय गरेको हो ।

जेठ १८ गतेदेखि लागु हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिइन् । ४ वर्ष अघि सीईओ बनेका मर्जनको कार्यकाल जेठ १७ गते सकिँदै छ । बैकिङ क्षेत्रमा विगत ३० वर्षदेखि सक्रिय महर्जन अनुभवी व्यक्तित्व हुन् ।  

उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानुनको स्नातक हुन् । उनले मुम्बईको इन्सोरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् ।

नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए । 

Share News