निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

काठमाडौं । गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर शुक्रबार (आज) एक मजदुरको मृत्यु भएको छ ।

गण्डकी गाउँपालिका-१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेको उनको भनाइ छ । 

दिउँसो करिब २ः४५ बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

हाइड्रो निर्माणस्थलमा रहेको अन्दाजी २० मिटर अग्लो पर्खालबाट यादव अचानक तल खसेका थिए । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Share News