धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३ हजार ६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो । 

Share News