काठमाडौं । सरकारले विभिन्न चारवटा निर्णय गरेको छ ।
सोमबार (आज) बसेको मन्त्रिपरिषदको बैठकले चारवटा निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत भएको छ।
त्यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ ।
प्रवक्ता पोखरेलका अनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको हो ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ ।