काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् ।
बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाएको पत्रमार्फत अर्थ मन्त्रालयको तर्फबाट लम्साललाई सञ्चालक समितिमा नियुक्त गरिएको जानकारी गराएको हो ।
कम्पनीका सचिव केशवप्रसाद भण्डारीका अनुसार अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा समेत भएका छन् ।