काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा उपस्थित गराइने बताएका हुन् ।
बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको नियमित संसदीय उपस्थितिलाई लिएर प्रश्न उठाएपछि रास्वपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको संसद् उपस्थितिबारे पछिल्लो समय सत्ता र विपक्षबीच विवाद बढिरहेका बेला रास्वपाको उक्त अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।