सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । यससँगै सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने बढेको छ । मंगलबारको तुलनामा चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

यससँगै बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

Share News