आठ महिनामै ८ लाख बढीले राहदानी लिए

काठमाडौं । आठ महिनामा ८ लाख १९ हजार ४ सय ३४ जनाले राहदानी लिएका छन् । बुधबार प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले २०८२/०८३ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आठ महिनामा ८ लाख १९ हजार ४ सय ३४ जनाले राहदानी लिएको उल्लेख गरेका छन् ।

हालसम्म ५५ लाख १६ हजार ३ सय ९८ थान राहदानी जारी भएको बताइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म ६८.२ प्रतिशत पुरुषले र ३१.८ प्रतिशत महिलाले राहदानी लिएका छन् ।

गत आर्थिक वर्षमा ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिलाले राहदानी लिएको बताइएको छ ।
 

Share News