हात्तिसारमा शान्त वातावरण खुल्यो ‘हिमालयन रेष्ट्रोरेण्ट’

काठमाडौं । व्यस्त सहरको कोलाहलबीच शान्त र पारिवारिक वातावरणमा स्वादिष्ट परिकारको अनुभव दिलाउने उद्देश्यसहित हात्तिसारमा ‘हिमालयन रेष्ट्रोरेण्ट’ सञ्चालनमा आएको छ । करोडौं रुपैयाँको लगानीमा स्थापना गरिएको रेष्ट्रोरेण्टले आधुनिक सेवा, आरामदायी वातावरण र बहुराष्ट्रिय खानाको स्वादलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको छ ।

रेष्ट्रोरेण्टका प्रबन्ध निर्देशक सन्तोष गौतमका अनुसार ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित रेष्ट्रोरेण्ट सञ्चालनमा ल्याइएको हो । बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहने रेष्ट्रोरेण्टमा हाल २५ जना कर्मचारी कार्यरत छन् ।

null

गौतमले रेष्ट्रोरेण्टमा एकैपटक करिब २०० जना अट्न सक्ने क्षमता भएका दुई वटा विशाल हल रहेको बताए । पारिवारिक जमघट, व्यावसायिक भेटघाट तथा विभिन्न कार्यक्रमलाई लक्षित गर्दै ५ देखि ६ वटा मिटिङ रुमसमेत निर्माण गरिएको उनले जानकारी दिए । 

ग्राहकको सहजताका लागि ४० वटा सवारी साधन पार्किङ गर्न सकिने सुविधा उपलब्ध रहेको उनको भनाइ छ ।

‘हिमालयन रेष्ट्रोरेण्ट’मा चाइनिज, इन्डियन तथा इटालियन परिकार विशेष रूपमा उपलब्ध छन् । स्वादसँगै स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिइएको व्यवस्थापनको गौतमले उल्लेख गरे । 

null

प्रत्यक्ष रूपमा रेष्ट्रोरेण्टमै पुग्न नसक्ने ग्राहकका लागि डेलिभरी सेवासमेत सुरु गरिएको छ । ग्राहकले पठाओ र फुडमाण्डुमार्फत सहजै खाना अर्डर गर्न गौतमले जानकारी दिए ।

सहरको भीडभाड र कोलाहलबीच पनि शान्त अनुभूति दिलाउने गरी गार्डेनसहितको आकर्षक संरचना तयार गरिएको रेष्ट्रोरेण्टले छोटो समयमै ग्राहकको ध्यान तान्न थालेको छ । 

आधुनिक डिजाइन, पारिवारिक वातावरण र विविध स्वादका कारण ‘हिमालयन रेष्ट्रोरेण्ट’ हात्तिसार क्षेत्रमा स्थापित गरिएको गौतमले बताए ।

null

null

Share News