काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लिपुलेक-लिम्पियाधुराको विवाद टेबल टकबाट समाधान हुने बताएका छन् । उनले यस विषयमा सरकार गम्भीर रहेको बताएका पनि बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पद्मा अर्यालले नेपालको भूमि लिपुलेक क्षेत्रमा भारत र चीनबाट व्यापारिक मार्ग निर्माण भइरहेको विषय उठाउँदै सरकारको धारणा माग गरेकी थिइन् ।
जवाफमा प्रधानमन्त्रीले लिपुलेक–लिम्पियाधुरा सम्बन्धमा नेपाल सरकारले कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ भारतबाट प्राप्त भइसकेको जानकारी दिए । उनले उक्त विषय वार्ता र कूटनीतिक संवादमार्फत समाधान खोज्ने सरकारको नीति रहेको बताए ।
प्रधानमन्त्रीले यस विषयमा इन्ल्याण्ड पनि सरकारसँग पनि छलफल भएको उल्लेख गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएका विषयमा सरकार स्पष्ट रहेको बताए ।
सांसद पद्मा अर्यालले नेपालको भूमि प्रयोग गरेर भइरहेको गतिविधिप्रति सरकारको ठोस पहल आवश्यक रहेको धारणा राखेकी थिइन् ।