काठमाडाैं । प्रधानमन्त्री वालेन शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकारले छलफल अघि बढाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले मतदान गर्न सक्ने गरी दुई विकल्पबारे अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार मोबाइलमार्फत मतदान गर्ने वा सम्बन्धित नेपाली दूतावासबाट मतदान गर्ने व्यवस्था मिलाउने विषयमा छलफल जारी छ।
प्रधानमन्त्रीले यस विषयमा प्रविधिमैत्री प्रणाली अपनाउने कि दूतावासमार्फत मतदान गराउने भन्नेबारे सरकार आन्तरिक तयारीमा रहेको बताए। उनले विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने विषयमा सरकारले चाँडै निर्णय लिने उल्लेख गरे ।
'मोबाइलबाट मतदान गर्ने वा दूतावासबाट मतदान गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,' प्रधानमन्त्रीले भने, 'यस विषयमा छिट्टै निर्णय गर्छौं ।'