काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सोमबार काठमाडौंस्थित भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।
यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आवश्यक नियामक निकायको स्वीकृति पश्चात् बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन भएको छ । अन्य विविध प्रस्तावहरू समेत पारित गरिएको बैंकले जनाएको छ ।
सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्वाचित भएका छन् ।