४ बैंकको वितरणयोग्य नाफा ३६.१० अर्ब ऋणात्मक, औसत लाभांश क्षमता १३.४२ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ४ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्म एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को कुल वितरणयोग्य नाफा ३६ अर्ब १० करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

सबैभन्दा बढी ऋणात्मक वितरणयोग्य नाफा एनआईसी एसिया बैंकको रहेको छ । बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा पनि बैंकको वितरणयोग्य नाफा १० अर्ब ६७ करोड ८१ लाख रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा अवधिमा हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

१६ बैंकको वितरणयोग्य नाफा धनात्मक

समीक्षा अवधिमा १६ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । सार्वजनिक तथ्याङ्कअनुसार एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी रहेको छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, नबिल बैंकको ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ भने सानिमा बैंकको २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । नेपाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

null

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ।  त्यस्तै, प्राइम बैंकको १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

एनएमबी बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ।  माछापुच्छ्रे बैंकको ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ, कुमारी बैंकको ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५२ करोड ३१ लाख १ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत

नाफामा सुधार भएसँगै वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता गत आर्थिक वर्ष २०८२/८३ मा १३.४२ प्रतिशत पुगेको छ । तर, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), हिमालयन बैंक र प्रभु बैंक भने लाभांश वितरण गर्ने अवस्थामा छैनन् ।

null

गत आर्थिक वर्षमा सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ। बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ । त्यस्तै, सिद्धार्थ बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको छ भने सानिमा बैंकको २०.८५ प्रतिशत रहेको छ । 

नबिल बैंकको लाभांश क्षमता १९.१० प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत रहेको छ । नेपाल बैंकको लाभांश क्षमता १५.८४ प्रतिशत रहेको छ । 

त्यसैगरी, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशत लाभांश क्षमता रहेको छ । प्राइम बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ भने एनएमबी बैंकको ९.०८ प्रतिशत रहेको छ ।

यस्तै, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत र कृषि विकास बैंकको ६.५४ प्रतिशत लाभांश क्षमता रहेको छ । त्यसैगरी, सिटिजन्स बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत रहेको छ भने कुमारी बैंकको ३.०२ प्रतिशत रहेको छ । 
 

 

Share News