सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य बुधबार स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।     

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।     

आज एक तोला चाँदी पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।      

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।     

Share News