सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार १०० रुपैयाँ र चाँदी ५५ रुपैयाँले घटेको हो ।     

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २३० रुपैयाँ निर्धारण भएको छ ।     

हिजो बिहीबार एक तोला सुनको मोल तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २८५ रुपैयाँ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको छ ।     

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।     

Share News