सेयर बजारमा ४ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

सोमबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रल फाइनान्सको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै ८.५ प्रतिशत लक्ष्मी बैंक डिभेन्चरको १७ करोड, आँखु खोला जलविद्युतको १३ करोड, सिटी होटलको ११ करोड र रिलाइन्स स्पिीनिङ मिल्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।    

Share News