चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गरेको छ ।

चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित उक्त शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय वाल तथा फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

जेठ २४ गते औपचारिक रूपमा उद्घाटन गरिएको शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थिति रहेको थियो । कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए ।

ग्राहक–मैत्री तथा आकर्षक वातावरणमा डिजाइन गरिएको शोरुममा आगन्तुकहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखला प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर तथा फिनिसिङ छनोट गर्न सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधिले चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको साझेदारीलाई प्रमुख सहरबाहिर पनि उच्च गुणस्तरीय टाइलिङ समाधान उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताए । 'चितवन र आसपासका क्षेत्रका बासिन्दाहरूले कजारियाको गुणस्तरीय उत्पादन र आधुनिक डिजाइनमा सहज पहुँच पाउने हाम्रो लक्ष्य हो,' उनले भने ।

हाल शोरुम पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । कम्पनीले रत्ननगर–१० तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरुम भ्रमण गरी नयाँ कलेक्सन अवलोकन गर्न आग्रह गरेको छ ।  

Share News